महिला ट्राफिक प्रहरीलाई महिनावारी भएको बेला ४ दिन छुट्टी!

काठमाडौं। सरकारले महिला ट्राफिक प्रहरीला महिनावारी भको बेला ४ दिन छुट्टी दिने भएको छ। गृहमन्त्री रवि लामिछानेले मंगलबार उक्त जानकारी गराएका हुन्। गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको अवसरमा महिला ट्राफिक प्रहरीलाई छुट्टी दिने घोषणा गरेका हुन्।

Advertisement 1

‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन,’ सामाजिक सञ्जाल फेसबुकमा मन्त्री लामिछानेले लेखेका छन्, ‘मापसेलगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।’

महिला ट्राफिक प्रहरीलाई दिइएको छुट्टीको सट्टा मापसेलगायत ट्राफिक नियम उल्लंघन गर्नेहरुले सघाउने मन्त्री लामिछानेको भनाइ छ।

प्रकाशित :२०८१ जेष्ठ १५, मंगलवार ११:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry