संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउने जिम्मा शीर्ष नेतालाई
काठमाडौं । सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउने जिम्मा शीर्ष नेतालाई दिइएको छ । संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीचको शनिबारको छलफल सकारात्मक भएको र समितिको कार्यादेश टुग्याउने जिम्मेवारी शीर्ष नेतालाई दिइएको समितिले जनाएको हो ।
Advertisement 1
कार्यदलले कार्यादेशबारे लगभग टुङ्गो लगाइसकेको र अब बस्ने शीर्ष नेताको बैठकले अन्तिम रूप दिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन गठित कार्यदलका संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए ।
यसैविच शनिबारको कार्यदलको बैठकमा कांग्रेस उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको नाम किटान नगर्न सहमत भएको थियो, तर पछि गोरखा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक (एमडी) भनेर लेख्नुपर्ने नयाँ अडान लिएको छ । यसमा सत्तापक्ष सहमत छैन । कार्यदलका सदस्यका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आइतबार बिहान नौ बजे बैठक बस्ने भएका छन् ।