कानुनी दायरामा आएर ब्यवस्थित र मर्यादित भएर उद्योग सञ्चालन गर्नुहोस्ः कटुवाल

ग्रील तथा स्टील ब्यहरुलाइ कानुनी दायरामा आएर उद्योग सञ्चालन गर्न केन्द्रिय अध्यक्ष मोहन कटुवालले आग्रह गरेका छन् । आज रौतहटको प्रारम्भिवसायीक भेलाको उदघाटन गर्दै ग्रील कटुवालले सबै ब्यवसायिहरुलाइ कानुनी दायरामा आएर ब्यवस्थित र मर्यादित भएर उद्योग सञ्चालन गर्न आग्रह गरेका हुन् । काठको बिकल्पको रुपमा बिकसित ग्रील उद्योगले पुर्वाधार निर्माणमा महत्त्वपूर्ण स्थान लिन थालेको हुनाले यो ब्यवसायको भविष्य राम्रो भएकोले परिस्कृत र परिमार्जित भएर उपलब्ध नयाँ प्रबिधिहरुको अधिकतम प्रयोग गरि अगाडि बढ्नु पर्ने बताएका छन् । उनले देश भरी सन्चालित ११ हजार भन्दाबढी ग्रील उद्योगमा देखिएका समस्या समाधान गर्न महासघले निरन्तर लागिपरेको समेत अध्यक्ष कटुवालले बताएका छन् । उनले कोभिडको कारण संकटमा परेको ग्रील तथा स्टील ब्यवसाय पछिल्लो समय अत्यधिक अनियंत्रित र अस्वाभाबिक रुपले फलामको मूल्य बढाइएकोमा ब्यवसायी र उपभोक्ताहरु मारमा परेको हुदा तत्काल मूल्यवृद्धि रोक्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

Advertisement 1

महासघंका उपाध्यक्ष तथा प्रदेश २ का संयोजक टिकेन्द्र पौडेलले प्रदेश भित्र सञ्चालित सबै ग्रील तथा स्टील उध्योगीलाइ अनिवार्य रुपमा कानुनी बैधानिकता दिलाउन आफुले काम गरिरहेको बताउनुएका छन् । उनले सबैलाइ सघमा आबद्ध भै एक जुट भएर अगाडी बढन आग्रह समेत गरेका छन् । त्यस्तै महासघंका महासचिब बिबेकदास श्रेष्ठले सबै ब्यवसायी र देशभरी ग्रील उद्योगमा कार्यरत १ लाख ६० हजार श्रमिकको अनिवार्य दुर्घटना बिमा गर्ने कार्य महासघंले अगाडी बढाएको हुदा सबैलाइ सहभागिता जनाउन आग्रह गरे। चन्द्रनिगाहपुरमा सम्पन्न भेलाले निमबहादुर राइको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन समेत गरेको छ । जसमा उपाध्यक्ष राजु चौधरी, सचिब शम्भु खड्का कोषाध्यक्ष सन्तोस बिक सहसचिब रोशन खपाङी र सदस्यहरुमा केदार बिक जितनारायण बिक जादुलाल कुस्वाह देबराज चौधरी हरि बिक र रहेका छन । बारा र सर्लाहिका ब्यवसायिहरुको उपस्थिती रहेको कार्यक्रममा महासघका अध्यक्ष मोहन कटुवालले रौतहट जिल्लालाइ महासघमा आबद्धताको प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

प्रकाशित :२०७७ चैत्र १५, आईतवार १८:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry