१७औँ नेपाल चीन तिब्बत आर्थिक तथा व्यापार मेला हुँदै

काठमाडौं । आर्थिक तथा व्यापार मेला यस पटक नेपालमा आयोजना गर्ने गरी तयारी भएकाे छ । नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागबीच भएको सम्झौता अनुसार आर्थिक तथा व्यापार मेला यस पटक नेपालमा आयोजना गर्ने गरी तयारी भएकाे हो ।

Advertisement 1

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा दुई वर्षमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता बमोजिम यस पटक नेपालमा मेला आयोजना गर्ने गरी तयारी गरिएको छ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागबीच सन् १९९० मा सम्पन्न आर्थिक तथा व्यापार मेला दुई वर्षमा आलोपालो हुने गरी सम्झौता गरिएको थियो । सोही सम्झौता अनुसार यस पटक नेपालमा आयोजना गरिने भएको हो ।

नेपाल चीनबीच दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्ध अझ विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको छ । व्यापार मेलामा चीनको स्वशासित क्षेत्र (तिब्बत) का सरकारी प्रतिनिधिको रूपमा चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपाध्यक्ष लाङ फुकुनको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल सहित करिब १२० जना व्यापारी प्रतिनिधि सहभागिता रहनेछन् । मेलामा चीनको स्वशासित क्षेत्रको तर्फबाट ५० स्टल रहने छन् ।

Advertisement 2

चीनको स्वशासित क्षेत्र तिब्बतका स्टलमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरण, घरायसी प्रयोगका साधन, कार्पेट, पेय पदार्थ, परम्परागत हस्तकलाका सामान, परम्परागत धूप, दुई पाँग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे विद्युतीय सवारी साधन, सौन्दर्य प्रशोधनका अतिरिक्त विभिन्न व्यापारिक कम्पनीले मेत भाग लिने जनाइएको छ ।

यसै गरी नेपालको तर्फबाट १५ ओटा स्टल रहने छन् । नेपाली स्टलमा जडीबुटी, सारयुक्त सुगन्धित तेल, कफी, चिया, हस्तकला र काष्ठकला, धातुकला, कार्पेट, पस्मिना लगायतका विभिन्न कम्पनीका उत्पादन प्रदर्शित गरिनेछन् । मेलाको अवसरमा दुई पक्षबीच बि–टु–बी, बि–टु–जी र जी–टु–जी लगायतका व्यावसायिक मिटिङको आयोजना हुनेछन् ।

प्रकाशित :२०८१ बैशाख १३, बिहीबार २३:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry