गरिमा विकास बैंकमा माधव

गरिमा विकास बैंक लिमिटेडको यही चैत्र १४ गते बुधवार बसेको सञ्चालक समितिको ३०४औं बैठकले यस विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत माधव प्रसाद उपाध्याय मिति चारवर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि नै कार्यरत रहनुको थियो ।
विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्य बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नु पूर्व करिब डेढदशक अध्यापन/ प्राध्यापन पेशामा संलग्न हुनुहुन्थो । पन्ध्र वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनु भएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त भएसंगै २०८१ बैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा नायब प्रमुख कार्यकारी अधिकृत उपाध्यायलाई सञ्चालक समितिले नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै, सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई मिति २०८० चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा प्रधान कार्यालय रहेको यस बैंकको उपत्यका भित्र २२ सहित देशभर १ सय २३ शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर र एकाउन्नवटा ब्त्ः मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित :२०८० चैत्र १५, बिहीबार ११:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry