परिवारनै समाप्त पारिदिन्छौं भनेपछि अभियोग स्वीकारे–दिनेश
बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्त दिनेश भट्टले अभियोग अस्वीकार गरेका छन् ।
Advertisement 1
जिल्ला अदालत बैतडीको आदेशपछि पुर्पक्षका लागि दिपायलस्थित सुधारगृहमा रहेका दिनेशले घटनामा आफ्नो संलग्नता नरहेको र घटना देखेको परिवारसँग भनेका छन् । सुधारगृहमा भेट्न गएका बुवा दीपकराज भट्टसँग दिनेश आफूले अपराध नगरेको दाबी गरेका हुन् । यसअघि फोनमा पनि मैले अपराध गरेको होइन भनेको थियो । भेटमा पनि घटना भइरहेको आफूले देखेको र कसैलाई भन्यो भने बुवा र घरपरिवारलाई मारिदने धम्की दिएपछि कसैलाई नभनेको सुनायो’ दीपकराजले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमा भने,‘घटनामा संलग्न एक सोही गाउँपालिकामा कार्यरत कर्मचारी रहेको र अर्का एकजनालाई आफूले नचिनेको दिनेशले बतायो ।’ घटनापछि दीपकराज सपरिवार घर छोडेर महेन्द्रनगर सरेका छन् । बुवा र भाइलाई मार्ने धम्की दिएपछि डरले आफूले घटनाबारे कसैलाई नभनेको दिनेशले दाबी गरेका छन् ।अहिले सपरिवार महेन्द्रनगर सरेपछि मात्र भनेको उनका बुवा दीपकराजले सुनाए । दीपकराजले भने,‘दुईजना थिए भन्छ, एकजनालाई मात्रै चिनेको छु भनेको छ।
‘चिनेका ती व्यक्ति वडा कार्यालयका कर्मचारी । अर्को मान्छेलाई चिन्न सकेन, चिन्न नसकेको दाह्री पालेको थियो। मास्क लगाको थियो’ दिनेशलाई उदृत गर्दै उनले भने,‘चक्कु देखाउँदै कसैलाई यो कुरा भन्यो भने तिमीलाई पनि मार्छौं,घरपरिवार पनि मार्छौं भनेर दिनेशलाई भनेका रहेछन् । उनीहरू मोटरसाइकलमा खोचलेकतिर फर्किएका रहेछन् ।’ दिनेशले कर्मचारीको नामै किटान गरेर भनेकोले आफूहरू पनि असुरक्षित भएको उनले बताए । अब नाम किटान गरेको मान्छेले हामीमाथि केही गर्छ भन्ने डर लागेको छ । म र मेरो परिवारको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । हामी असुरक्षित भयौं’ दीपकराजले भने । दिनेशलाई प्रहरीले फागुन ५ गते सार्वजनिक गरेको थियो । सार्वजनिक गरेपश्चात बुवा दिपकराज समेत राखेर सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले आफूले नै बलात्कार र हत्या गरेको स्वीकार गरेका थिए । यसका साथै दिनेशले भनेकै आधारमा भागरथीको घडी पनि प्रहरीले घटनास्थलबाटै बरामद गरेको थियो ।
Advertisement 2
प्रहरीले अनुसन्धान सिध्याउँदै घटनामा अभियुक्त मात्र संलग्न रहेको र हत्या र बलात्कार उसैले गरेको दाबी गर्दै प्रतिवेदन समेत बुझाइसकेको छ। प्रहरीको प्रस्तावित राय अनुसार जिल्ला महान्यायाधिवक्ता कार्यालयबाट अभियोग पत्र दर्तासँगै थुनछेक बहस सकिएर अभियुक्त बाल सुधारगृह पुगिसकेका छन्।अहिले अभियुक्तले अर्कैको नाम लिए पनि प्रहरी भने यसलाई अपराधबाट जोगिन यस्तो भनेको दाबी गरिरहेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले घटनामा अभियुक्त मात्रै संलग्न रहेको खुलेको दाबी गरे।