शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा घिमिर नियुक्त

काठमाडौं । संघीय शहरी विकास मन्त्रालयमातहतको शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा कुमारप्रसाद घिमिरे नियुक्त भएका छन् । नव नियुक्त शहरी विकासमन्त्री धनबहादुर बुढाले घिमिरेलाई विभागको महानिर्देशक बनाएका हुन् ।

Advertisement 1

तत्कालीन महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ १९ फागुनदेखि अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको महानिर्देशकमा मन्त्री बुढाले मन्त्रीस्तरीय निर्णयबाट घिमिरेलाई महानिर्देशकको जिम्मेवारी दिएको मन्त्रालय श्रोतले जनाएको छ । घिमिरे यसअघि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा प्रमुखकारुपमा कार्यरत थिए ।

वरियताका आधारमा घिमिरे पाँचौं नम्बरमा छन् । शहरीकै पदमकुमार मैनाली,रामचन्द्र दंगाल,चक्रवर्ती कण्ठ, नवराज प्याकुरेल उनीभन्दा वरियतामा अगाडि छन् । घिमिरेले पनि छ महिनापछि सेवाबाट अवकाश लिँदैछन् ।

प्रकाशित :२०८० फाल्गुन ३०, बुधबार ०८:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry