१० अर्ब लगानीमा कम्पनी खोल्दै नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले १० अर्ब रुपैयाँ अधिकृत पुँजी रहने गरी कम्पनी खोल्ने भएको छ। देशैभरका उद्यमी व्यवसायीको सहभागिता रहने गरी महासंघले कम्पनी स्थापना गर्ने भएको हो। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वीरगञ्जज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा उक्त जानकारी गराए।

Advertisement 1

अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने छन्। महासंघका सदस्यबाहेकका व्यवसायीले पनि कम्पनीमा लगानी गर्न सक्ने अध्यक्ष ढकालले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको बताए।

प्रकाशित :२०८० फाल्गुन २९, मंगलवार ०७:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry