बसको ठक्करबाट ट्राफिक प्रहरी को मृत्यु
काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जिवन श्रेष्ठले बताए ।
Advertisement 1
ड्युटीमा रहेका ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीलाई आइतबार प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको हो। प्रहरीले बसका चालक नवराज गिरीलाई नियन्त्रणमा लिएको छ। उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।
प्रकाशित :२०८० फाल्गुन २८, सोमबार १५:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%