रिक्त रहेको सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव प्रतिस्पर्धामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या र प्रशासन सचिव देवकुमारी गुरागाईँ शनिवारदेखि अनिवार्य अवकाशमा गएसँगै तीन जना सहसचिव सचिवमा बढुवाका लागि प्रतिस्पर्धामा देखिएका छन् । राजपत्राङ्कित विशिष्ट श्रेणी अर्थात् प्रशासन सेवाका सचिव गुरागाईँ नेपाल सरकारको सचिवको पाँच वर्षे पूर्ण कार्यकाल पुरा गरेर शनिवारदेखि अनिवार्य अवकाशमा गएसँगै एक सचिवको पद रिक्त भएको हो ।

Advertisement 1

रिक्त रहेको पदमा अब वरिष्ठताका आधारमा पहिलो नम्बरमा कर्णाली प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव चूडामणि पौडेल, सुदूरपश्चिम प्रदेश सरकारका कामु प्रमुख सचिव डा.हरि लम्साल र कोशी प्रदेशका कामु सचिव केदारनाथ शर्माको नाम सचिव बढुवाका लागि सिफारिस हुनेछ । सम्भव त लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा बस्ने सचिव बढुवा सिफारिस समितिले यि तिनै जनाको नाम सचिव बढुवाका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।

जसमध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले सचिव पदमा बढुवा गर्नेछ । वरिष्ठताका आधारमा सचिव बढुवा भएमा पौडेल नै सचिवमा बढुवा हुनेछन् ।

प्रकाशित :२०८० फाल्गुन २६, शनिबार २०:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry