६ महिनामा परराष्ट्रले ८० प्रतिशत बजेट खर्च गर्दा सामान्यको १५ प्रतिशत मात्र

चालु आर्थिक बर्षको ६ महिनामा मन्त्रालयगत खर्च हेर्दा सबैभन्दा दयनीय अवस्था अर्थ मन्त्रालयको देखिएको छ । विनियोजित बजेटमा खर्च गर्न नसक्ने मन्त्रालयमा यस पटक अर्थ मन्त्रालय अग्र स्थानमा छ ।

Advertisement 1

आर्थिक वर्ष २०८०/ ८१ को ६ महिनाको मन्त्रालयगत खर्च विवरण केलाउँदा अर्थ मन्त्रालयको सबैभन्दा बिजोग देखिन्छ । अर्थ मन्त्रालयले ९ दशमलव ९० प्रतिशत मात्र बजेठट खर्च गर्न सकेको छ । अघिल्ला बर्षमा सबैभन्दा दयनीय देखिने महिला बालबालिका तथा ज्येष्ठ मन्त्रालयले विनियोजित बजेटको ११ दशमलव ३९ प्रतिशत खर्च गर्दा शहरी विकास मन्त्रालयले १४ दशमलव २६,संघीय मामिला तथा सामान्य प्रशासनले १५ दशमलव ७२ प्रतिशत बजेट खर्च गर्न सकेको देखिन्छ ।

परराष्ट्र मन्त्रालयले चालु आर्थिक बर्षको ६ महिनामै ८० प्रतिशत बजेट खर्च गरिसकेको छ । अर्थमन्त्रीले सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ३४ दशमलव ८८, उद्योग वाणिज्यले २२ दशमलव ४५ प्रतिशत, ऊर्जाले ३१ दशमलव ६४ प्रतिशत विनियोजित बजेट खर्च गरेको देखिन्छ।

Advertisement 2

श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले पनि १२ दशमलव ३५ प्रतिशत मात्रै खर्च गरेको छ । ६ महिनासम्मको अवधिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबैभन्दा दोस्रो धेरै बजेट खर्च गरेको छ ।शिक्षाले विनियोजित बजेटको ४९ दशमलव ६३ प्रतिशत खर्च हो ।

यसपछि, रक्षा मन्त्रालयले विनियोजित बजेटको ४६ दशमलव ६३ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रकाशित :२०८० फाल्गुन १, मंगलवार ०७:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry