सुन तस्करी प्रकरणमा विथ ल्याबका मालिक भण्डारीसँग समितिले लियो बयान
पूर्व नासु तथा विथ ल्याबका मालिक भिमकान्त भण्डारीसँग सुन तस्करी सुन तस्करी जाँचबुझ आयोगले बयान लिएको छ । सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको कार्यकक्षमै पुगेर भण्डारीका अलवा पूर्व सभामुख कृष्णबहादुर महराले हिजो बयान दिएका हुन ।
Advertisement 1
सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा पुगेर महरा र भिमकान्तले बयान दिएका हुन । हङकङबाट नेपाल भित्रिएको तस्करीको सुन प्रकरणमा कृष्णबहादुर महरा र पूर्व नासु भीमकान्त भण्डारीको कनेक्सन रहेको आंशकामा उनीहरुसँग सुन जाँचबुझ आयोगले बयान लिएको हो ।
विद्युतिय चुरोट भेपमा लुकाएर ल्याईएको ९ किलो सुन प्रकरणमा माओवादीका उपाध्यक्ष तथा पूर्व सभामुख महरा र ६० किलो सुन तस्करी प्रकरणमा बिध ल्यावका मालिक भिमकान्त भण्डारीसँग बयान लिएको हो । भण्डारीले ६० किलो सुन प्रकरणका व्यवस्थापक दावा छिरिङसँगको कनेक्सन रहेको र दावासँग भिमकान्तको पटक–पटक संवाद हुने गरेको तथ्य बाहिरिएको थियो ।यस अघि भण्डारीसँग सिइआबीले पनि बयानका लागि बोलाएको थियो ।
Advertisement 2
सरकारले सुन तस्करी प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ । नेपाल प्रहरीका पूर्वएआईजी सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहेको छन् ।
चार माओवादी मन्त्रीका पिए बसेका भण्डारीविरुद्ध अख्तियारले विशेष अदालतमा अकुत आर्जनको मुद्धा समेत चलाएको भए पनि उनले केही महिना अघि मात्र विशेषबाट सफाई पाएका थिए ।