निजी स्कूलका मालिकलाई नेपाल वायु सेवाको उपाध्यक्षमा नियुक्ति

सरकारले नीजि विद्यालयका सञ्चालकलाई नेपाल वायु सेवा निगमको उपाध्यक्षमा नियुक्त गरेको छ । क्याविनेट बैठकले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्तावमा निगमको संचालक समितिका सदस्य राईलाई उपाध्यक्ष बनाइएको हो ।
राई ललितपुरस्थित प्रसादी एकेडेमीका मालिक विक्रम हुन । पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँतीद्धारा हुने अधिकांश नियुक्तिमा राई,लिम्बु,मगरहरुले मात्र अवसर पाएको भन्दै माओवादीकै एउटा खेमाले असन्तृष्टि जनाउँदै सामुहिक राजीनामा समेत दिइरहेको बेला मन्त्री किरातीकै प्रस्तावमा वायु सेवा निगमको उपाध्यक्षमा ललितपुरस्थित प्रसादी एकेडेमीका विक्रम राईले नियुक्ति पाएका हुन ।

Advertisement 1

यता राष्ट्रिय योजना आयोगको सदस्यको संख्या सात जना पुर्याइएको छ । दलीय भागबण्डा मिलाउन सदस्य संख्या बढाएर सात पुर्याइएको हो । र अर्काे सदस्यमा रौतहटका उमाशंकर प्रसाद नियुक्त भएका छन् ।

त्यस्तै, नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समिति सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका डा सहारा श्रेष्ठलाई मनोनयन गरिएको छ ।

Advertisement 2

बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री संयोजक रहने गरि निजी क्षेत्रलाई पनि समेटेर राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको  छ।

प्रकाशित :२०८० माघ १९, शुक्रबार ०८:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry