भन्सार नाकाबाट हुने अवैध चोरी पैठारी रोक्न तस्करहरूको ‘सेटिङ’ भत्काइएको छ : महानिर्देशक पौडेल

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले आफूहरु अहिले सेटिङ भत्काउने अभियानमा रहेको बताएका छन् । भन्सार दिवसको साप्ताहिक कार्यक्रम अन्तर्गत आज आर्थिक पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको क्रममा महानिर्देशक पौडेलले तस्कर र कर्मचारीबीच हुने सेटिङ भत्काउने अभियानमा विभाग लागेको बताएका हुन् ।

Advertisement 1

उनले प्रविधिमार्फत भन्सार जाँचपासका कार्यहरु सुरु गरिएको र यसले भन्सार जाँसपासमा सुधारको थालनीसमेत भएको बताए । “भन्सार कार्यालयमा हुने विभिन्न खालका सेटिङ भत्काउने काम भइरहेको छ, तर तस्करहरू एक कदम अगाडि छन्, उनीहरू हाम्रा कमजोरी हेरेर योजना बनाउँछन्”, पौडेलले भने। अवैध वस्तु भन्सार छलेर कसरी सजिलै भित्रिन्छन् रु भन्ने सञ्चारकर्मीको प्रश्नमा महानिर्देशक पौडेलले अपर्याप्त जनशक्ति तथा प्राविधिक क्षमताको अभाव, कर्मचारीको मिलेमतो, अन्तर निकाय समन्वय अभावलगायतका समस्या रहेको बताए ।

सबै कर्मचारी राम्रा वा सबै नराम्रा छन् भन्ने पक्षमा आफू नरहेको पनि उहाँले स्पष्ट पारे । खुला सीमा अर्को चुनौती रहेको उनको भनाइ छ । भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन धातु एक्स(रे मेसिन खरिद आवश्यक रहेको पौडेलले बताए । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा निकै कम कर्मचारी रहेको उल्लेख गर्दै उनले समग्र निगरानी संयन्त्रमै समस्या रहेको बताए ।

Advertisement 2

समग्र शासन प्रणाली सुधार भए भन्सार प्रणाली पनि क्रमशः सुधार हुनेमा उनको जोड थियो । महानिर्देशक पौडेलले तस्करहरुले शुसाशन कमजोर भएको देशबाट तस्करीका काम गर्ने भएकाले मुलुककै शुसाशन भए मात्रै तस्करी रोक्न सकिने बताए । ‘जुन देशको गभर्नेन्स कमजोर छ, तस्करले त्यहीँ देशमार्फत तस्करी गर्ने हो, हामी सकेसम्म चनाखो हुने र प्रविधिमार्फत जाँच गर्ने त गर्छौँ तर तस्करको काम नै कसरी सामान छिराउने भनेर नयाँ नयाँ आइडिया निकाल्ने भएकाले उनीहरु हामीभन्दा एक कदम अगाडी चाहिँ छन्’ उनले भने ।

प्रकाशित :२०८० माघ ७, आईतवार १८:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry