भिजिट भिसामा मानव तस्करी,अध्यागमनका नाइके कर्मचारीलाई ‘सुनपानी’

भिजिट भिसा प्रकरणमा खुलेआम मानव तस्करी गर्दै आएका अध्यागमनका अधिकृतलाई जोगाउने गरी सेटिङ भइरहेको बुिझएको छ । भिजिट भिसाको नाममा ठगी धन्दा मौलाइरहेको र यो खेतीपातीमा अध्यागमनका अधिकृतहरु नै संग्लग्न रहेको भए पनि तिनलाई जोगाउन गृह मन्त्रालयले चलखेल गरिरहेको अध्यागमनकै कर्मचारीहरुले बताएका छन् ।
अध्यागमनमा कार्यरत सरकारी कर्मचारीकै मिलेमत्तोमा नक्कली कागजपत्र बनाएर भिजिट भिसामा नागरिकलाई खाडी मुलुक पठाई मानव तस्करी हुने गरेको घटना बाहिरिँदा समेत यो प्रकरणलाई गम्भीर ढंगले अनुसन्धान गर्ने भन्दा पनि केस ढिसमिस पार्ने तयारी भइरहेको प्रति गृह मन्त्रालयकै कर्मचारीहरुले चिन्ता पोखेका छन् ।

Advertisement 1

दोह्रोर्याई,तेहे्रर्याई सरुवा भएर त्रिवि अध्यागमन कार्यालयमा पुगेका कर्मचारीहरुले नै भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि ‘सेटिङ’ मिलाएर पठाउने गरेको भेटिएको छ । यो प्रकरणमा जोडिएका कर्मचारीलाई जोगाउने चलखेल भइरहेको गृहका केही कर्मचारीहरुले बताएका छन् । यो प्रकरणमा जोडिएर अधिकृत नरवीर खड्का पक्राउ परे । नरवीर खड्कालाई मानव बेचबिखनको मुद्दा समेत दायर भएकोमा सो मुद्दामा उनी धरौटीमा छुटिसकेका छन् ।
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । जसमा कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्स्का २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका थिए । जसमध्ये अधिकांश धरौटीमा छुटिसकेका छन् ।

यो प्रकरणमा कागजात कागजात मिलाए बापत ट्राभल्सहरुले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेका र अध्यागमन विभागका कर्मचारीहरुले नयाँको हकमा ५५ हजार र पुरानो एकपटक विदेश पुगेर फर्किएकाहरुको हकमा भने ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।
अध्यागमनका केही कर्मचारीहरुले यो प्रकरणमा बिचौलियासँग पैसा लिएर अन्य कर्मचारीलाई बाँड्ने धन्दा गर्दै आएका नाइकेलाई भने प्रहरीले पक्रन सकेको छैन ।

Advertisement 2

उता गृह मन्त्रालयले पनि यो प्रकरणलाई सामसुम बनाउने प्रयास गरेको छ । मन्त्रालयले यसमा संलग्न देखिएका कर्मचारीमाथि कारबाही गरेको छैन ।

प्रकाशित :२०८० माघ ४, बिहीबार १०:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry