५ लाखको सामान बरामद

सशस्त्र प्रहरी बलले करिव ५ लाखको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नंम्बर ४ गण हेडक्वावाटर सुनसरीले हिजो ४ लाख ८८ हजार १ सय ७० रुपैंया बराबरको भन्सार छलीको सामान र सवारी साधन बरामद गरेको हो ।

Advertisement 1

सुनसरी जिल्लाको विभिन्न सीमावर्ती इलाकामा भारतीय बजारबाट लुकिछिपि भन्सार छलि नेपाल भित्राइएका किराना समान, प्याज, जलकपुर माछा र बी आर ३८ एजी ६५६२ र को १४ प ९३४० नम्बरको गरी २ वटा मोटरसाइकल बरामद गरेको छ । उक्त बरामद सामानहरु आवश्यक कारवाहीको लागी सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक लकेश कुमार तुम्बाहाङ्गफेले जानकारी दिए।

साथै यस जिल्लाको हरिपुर तथा लौकही ईलाकाबाट भन्सार छली नेपाल भित्राइएका ७२ हजार ५ सय ५ रुपैंया बराबरको ३३० किलो प्रतिबन्धित मुङ्ग्री माछा बरामद गरि खाडल खनि नष्ट गरिएको एसपी तुम्बाहाङ्गफेले जानकारी दिए।

Advertisement 2

सीमापार अपराध तथा अवैध चोरी तस्करी नियन्त्रण गर्न सुनसरीले सिमा क्षेत्रमा अहोरात्र टोली परिचालन गरेको छ । सोही अनुसार परिचालन हुँदा सप्रबल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म हरिपुर, सप्रबल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोष्ट लौकही, बोर्डर आउट पोष्ट श्रीपुर, बोर्डर आउट पोष्ट बसन्तपुर र बोर्डर आउट पोष्ट लाहीबाट अहोरात्र रात दिन नभनी खटिरहेका छन् ।

प्रकाशित :२०८० पुष २४, मंगलवार ०९:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry