आधा किलो सुन लुट्ने टिमुरेका इन्स्पेक्टर निर्दोष ठहर

ईलाका प्रहरी कार्यालय टिमुरे रसुवाका तत्कालीन प्रमुख इन्सपेक्टर खेम नेपालले भ्रष्टाचारको आरोपबाट सफाइ पाएका छन् ।

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र अन्य तीन जना हवल्दारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरु तेजनारायणसिंह राई र रीतेन्द्र थापासहितको इजलासले सोमबार सफाइ हुने फैसला सुनाएको हो ।

रसुवाको केरुङबाट भित्रिएको तस्करीको सुन समातेर आफैंले लुकाएको अभियोगमा उनीमाथि छानविन गरिएको गियो । टिमुरे प्रहरीको इलाकाबाट आउँदै गरेको ना।६ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्दा आधा किलो सुन फेला परेको थियो । ११ पुसमा कन्टेनर चालक फुर्वा शेर्पाको साथमा फेला परेको सुन भन्सार कार्यालयमा बुझाउनुपर्नेमा इन्सपेक्टर नेपाल सहितको टोलीले बाँडीचुँडी खाएको छानविन पछि खुलेको थियो । अख्तियारले २०७७ असार ५ गते टिमुरेका तत्कालीन प्रमुखसहित चार जना प्रहरीविरुद्ध अभियोग/पत्र दायर गरेको थियो ।

Advertisement 2

बरामद सुन बिक्री गरेर पैसा खाएको आरोप उनीहरुमाथि लागे पनि अख्तियारले बिक्री भएको भनिएको सुनसहितका ठोस प्रमाणहरु जुटाउन सकेको थिएन ।

प्रकाशित :२०८० पुष २४, मंगलवार ०८:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry