नेपालको पहिलो सिटि बन्दै ग्रिन सिटि
भृकुटीमण्डपमा रियल स्टेट एक्पाे २०२३( Real State Expo 2023) आयोजना भईरहेको छ । पुस १२ गते देखि पुस १६ गते सम्म ४ दिन चल्ने एक्पाे सुरु भईसकेको छ । उत्त एक्पाेमा ग्रिन सिटिले पनि सहभागीता जनाएको हाे ।
सुनसरीको ईनरुवामा डिएन ग्रुप अफ कम्पनीद्वारा संचालित ग्रिन सिटिले प्लटिङ्ग सुरु गरेको सात महिना भइसकेको छ ।
दुई बर्षमा सकिने गरि गरिएको प्लटिङ्गमा ५५ बिघा मा २ हजार भन्दा बढि प्लट त्यो पनि नेपालको सबभन्दा ठूलो भन्दा केहि फरक पर्दैन । किनकि त्यो बराबरको प्लट नेपालमा बनिसकेको छैन । ग्रिन सिटिले नेपालको सबभन्दा ठूलो ब्राण्डिङ्ग प्लट बनाउन सुरु गरिरहेको छ । हरेक प्लटहरु ७.७५ धुर देखि माथिको हुने ढलहरु , खानेपानि र विजुलिको पनि को राम्रो ब्यवस्था छ ।
ग्रिन सिटिले ठूलो प्लट भित्रै हस्पिटल , कलेज , रिर्साेट , अर्पामेन्ट , हाउजिङ्गहरु पनि बिस्तारै थप्दैजाने त्यसमै सुपर मार्केट पनि थप्ने डिजिटल मार्केटिङ हेड बिनुप कपालिले बताए । ग्रिन सिटिको प्लट गरिद गर्ने ग्राहक माहानुभावहरुलाई सुविधा सम्पन्न होस भनि भित्रै सबै सुविधाहरु ब्यवस्था गर्ने योजना बनाउने मार्केटिङ हेड कपालिले बताए । उनले भने यहाको प्लट खरिद गर्ने माहानुभावहरु बाहिर जानु नपर्ने व्यवस्थाहरु हामिले मिलाउने छौ ।
बच्चा बच्चिहरु , बुढापाकाहरुलाई चाहिने सेवासुविधाको लागि वाहिर जानु पर्दैन । इनरुवा मालपोत भन्दा २ किलोमिटर पर रहेको यस ग्रिन सिटिमा धमाधम काम भईरहेको छ । ग्रिन सिटिले अहिले दिएको रेट पछि हस्पिटल , सुपरमार्केट , कलेज , रिर्साेट , अर्पामेन्ट , हाउजिङ्गहरु बनिसकेपछि त्यो रेट आकासिने ईन्जिनियर विकल्प ढकालले जानकारी दिए ।
ग्रिन सिटिमा प्लटहरु सेलिङ्ग हुन थालिसकेको छ । नेपालको सबै भन्दा अग्लो झन्डा २१० फिटको ग्रिन सिटि भित्रै बन्ने छ ।
प्रकाशित :२०८० पुष १३, शुक्रबार १५:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%