गरिमा विकास बैंकले सेयर धनीहरुलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने
गरिमा विकास बैंक लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको २९७ औँ बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट सेयर धनीहरुलाई बोनस सेयर र नगद लाभांश दिन प्रस्ताव गरेको छ । बैठकले हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्ने निर्णय गरेको हो ।
Advertisement 1
प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ ।
हाल विकास बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया १४ पैसा मात्र रहेकोमा प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया ५७ पैसा पुग्नेछ ।
Advertisement 2
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यालय र ५१ वटा AM मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।