रौतहट, बारा र धनुषाबाट करिव ३२ लाखको सामान बरामद

रौतहट, बारा, धनुषाबाट करिव ३२ लाखको लत्ताकपडा र मोटरसाईकल तथा पश्चिम नवलपरासीबाट करीब १२ लाख रुपैयाँ बराबरको मोवाइलमा प्रयोग हुने सामान सशस्त्र प्रहरीले पौष ३ गते मंगलबार बरामद गरेको छ ।

Advertisement 1

रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ स्थित बारा– रौतहट जिल्लाको सीमा ईलाकाबाट पौष ०४ गते करीब १५ लाख १६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको हो । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट, सुरक्षा बेश लक्ष्मिनिया, फतुवा र बिओपी सरमजुवाको टोलीले सोही
ईलाकास्थित अरुवाखोला पुल नजिकैको टहरामा बेवारीसे अवस्थामा रहेको उल्लेखित मूल्यको लत्ताकपडा बरामद गरेको हो ।

त्यसैगरी बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ११ औरैया स्थित सीमा ईलाकाबाट पौष ०४ गते करीब १५ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ ।एक कच्ची घरमा लुकाई छिपाई राखेकोे ५ पोका लत्ताकपडा विशेष सूचनाको आधारमा बिओपी गोलागंजले बरामद गरेको हो ।

Advertisement 2

यसैगरी नम्बर ८ गण धनुषाले पौष ०४ गते नै करीब १ लाख २ हजार रुपैयाँ बराबरको लत्ताकपडा र ४ लाख ५० हजार रुपैयाँ बराबरको तीनवटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । ज १० प २२८९, ज ८ प ५३८९ र बिआर ०१ एफए ६९७२ नम्बरको मोटरसाईकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा  र मोटरसाईकल धनुषा जिल्लाको धनौजी गाउँपालिका ५ स्थित बहुअर्वा ईलाकाबाट नियन्त्रणमा लिइएको हो ।

यसैगरी पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका ५ स्थित गेरमा ईलाकाबाट पौष ०४ गते करीब ११ लाख ६९ हजार रुपैयाँ बराबरको मोबाईलका ग्लासहरु बरामद भएको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याई सोही गाउँपालिका ५ स्थित एक घरमा लुकाई छिपाई राखेको अवस्थामा मोबाईलमा प्रयोग हुने १६ हजार ७०० वटा टेम्पर ग्लास प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुर र सुरक्षा बेश परासीको संयुक्त टोलीले बरामद गरेको हो ।

Advertisement 3

नियन्त्रणमा लिइएका मोटरसाईकल तथा सामान आवश्यक कारवाहीको लागी स्थानीय भन्सार कार्यालयमा बुझार्ईएको छ ।

प्रकाशित :२०८० पुष ४, बुधबार १७:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry