४ महिनामा वाणिज्य बैंकले कमाए पौने २१ अर्ब नाफा, कुनले कति ?

चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा वाणिज्य बैंकहरूले झण्डै २१ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत कार्तिकसम्म २० वटा वाणिज्य बैंकहरूले २० अर्ब ७३ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।
Advertisement 1
यो अवधिसम्म सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ। नबिलले २ अर्ब १६ करोड खुद नाफा कमाएको छ।धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहेको छ। यो बैंक १ अर्ब ९४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
यसैगरी कात्तिकसम्म बढी नाफा आर्जन गर्ने सूचीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक र हिमालयन बैंक क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्। यी बैंकले क्रमशः १ अर्ब ८६ करोड रुपैयाँ, १ अर्ब ५३ करोड रुपैयाँ र हिमालयन बैंकले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेका छन्।
Advertisement 2
कात्तिकसम्म सबैभन्दा कम नाफा आर्जन गर्नेमा सिद्धार्थ बैंक रहेको छ। यो बैंकले ३३ करोड ३८ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको छ। समीक्षा अवधिसम्म कृषि विकास बैंकले २७ करोड ८८ लाख रुपैयाँ घाटा व्यहोरेको छ।