अर्थ मन्त्रालयका ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्थ मन्त्रालयले ६ जना सहसचिवको जिम्मेवारी हेरफेर तथा पदस्थापन गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले केही दिन अघि सरुवा भई आएका र लामो समयदेखि अतिरिक्तमा रहेका सहसचिवहरूको पदस्थापन तथा जिम्मेवारी हेरफेर गरेका हुन् ।
Advertisement 1
तीन महिनाभन्दा बढी समयदेखि बरण्डामा थन्काइर राखिएका आधा दर्जन सहसचिव महेश आचार्य, राजेश्वर ज्ञवाली, शम्भु प्रसाद मरासिनी, महेश बराल, अमृत लम्साल र पार्वती शर्माको पदस्थापन तथा जिम्मेवारी हेरफेर भएको हो । प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यलाई दिइएको छ भने राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रकको कार्यालयमा पठाइएको छ । त्यस्तै महालेखा नियन्त्रकको कार्यालयका शम्भु प्रसाद मरासिनीलाई भन्सार जाँच पास परीक्षण कार्यालयको प्रमुख भन्सार परीक्षण प्रशासकमा पठाइएको छ भने सहसचिव महेश बराललाई कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको जिम्मेवारी दिइएको छ । अमृत लम्साललाई मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलको प्रमुख कर प्रशासकमा पठाइएको पठाइएको छ ।
पार्वती शर्मालाई भने आन्तरिक राजश्व विभागको उपमहानिर्देशकमा पठाइएको छ ।
Advertisement 2