कोरोना संक्रमण बारे बेलायतका वैज्ञानिकले पत्ता लगाए नयाँ लक्षण

एजेन्सी । कोरोना भाइरसको महामारी झन् फैलिँदै गएपछि वैज्ञानिकले यस बारे अनुसन्धान बढाएका छन् । कोरोना भाइरस बारे विभिन्न देशले अनुसन्धान गरिरहेका छन् । यसै क्रममा बेलायतले गरेको एउटा अनुसन्धानले बालबालिकाको पेट दुखे, झाडापखाला लागे वा बान्ता भए उनीहरुमा कोरोनाको संक्रमण भएको हुन सक्ने देखाएको छ ।

Advertisement 1

क्विन्स युनिभर्सिटी बेलफास्टको टोलीले गरेको अनुसन्धानमा बालबालिकालाई पेट दुखेमा त्यो कारोना भाइरसको लक्षण भएको हुन सक्ने पाइएको हो । झण्डै एक हजार बालबालिकामा गरिएको अनुसन्धानपछि वैज्ञानिकले यस्तो बताएका हुन् ।

उनीहरुका अनुसार अनुसन्धानमा सहभागी ९ सय ९२ बालबालिकामध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो । त्यसमध्ये १३ जनालाई पेट दुखेको, झाडापखाला र बान्ता भएको पाइएको छ । यस्तै ज्वरो, रुघाखोकी, गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको बेलायतले उल्लेख गरेको छ ।

प्रकाशित :२०७७ भाद्र १९, शुक्रबार ११:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry