राजदूत तामाङलाई मोजाम्बिक र सुवेदीलाई इटालीको समेत जिम्मेवारी

राष्ट्रपति रामचन्द्र पौडेलले दुई मुलुकका नेपाली राजदूतलाई थप जिम्मेवारी तोकेका छन् । उनले दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङ्गलाई गणतन्त्र मोजाम्बिक र स्विट्जरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीलाई इटालीको गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेका हुन ।

Advertisement 1

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत तामाङ र सुवेदीलाई गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँले गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Advertisement 2

कार्याल्यका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत श्री दानबहादुर तामाङ्गलाई गणतन्त्र मोजाम्बिकको लागि नेपालका आवासीय राजदूत श्री रामप्रसाद सुवेदीलाई इटालीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’

प्रकाशित :२०८० मंसिर १४, बिहीबार १५:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry