१२ तोला सुन सहित काङ्ग्रेस नेता पक्राउ
प्रहरीले रसुवामा झण्डै १५ लाखको सुन बरामद गरेको छ ।१४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तौलको सुनसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
Advertisement 1
पक्राउ पर्नेमा आमाछोदिङ्मो गाउँपालिका–१, हाकुका ४४ वर्षीय सिने वाङ्दी तमाङ, आमाछोदिङ्मो ५ का ३६ बर्षका ल्ह्का बुट्टी तामङ र २३ वर्षीय लक्ष्मी तामाङ पक्राउ परेका छन् ।सिने वाङ्दी तामाङ नेपाली काङ्ग्रेसका जिल्ला कमिटी सदस्य समेत हुन । चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूले पाँच थान बेरूवा औंठीको रूपमा उक्त सुन ल्याएको प्रहरीको भनाई छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।
Advertisement 2
प्रकाशित :२०८० मंसिर ४, सोमबार १७:३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%