१ हजार रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमाम बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाला सुन तोलामा १ हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
Advertisement 1
साथै तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तोलामा ५ रुपैयाँले घटेर चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित :२०८० कार्तिक २३, बिहीबार १२:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%