जन्मदिनमा सुमित्रालाई पलाएको सेवाभाव


पछिल्लो समय जन्मदिनलाई फरक ढङ्गले मनाउने चलन बढ्दै गइरहेका बेला बाँकेकी सुमित्रा बरालले जन्मदिनमा वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाना र ३७ जना बालबालिकाहरुलाई १५ हजार बराबरको कापीकलमर सिसाकलम वितरण गरेकी छिन् ।

Advertisement 1

भेरी बिद्या निकेतन राझा एयरपोर्टकि संचालिका बरालले ३७ जना बच्चाहरुलाई रु १५००० बराबरको कापी कलमहरु र १७५ जना बुवाआमाहरुलाई रु १५००० बराबरको मिष्ठान भोजन गराएकी छिन् । जन्मदिनको दिन प्राय अधिकांश व्यक्तिहरुले केक काट्ने, पार्टी आयोजना गर्ने र घुमफिरमा रकम खर्च गर्ने गर्छन ।

Advertisement 2

युवा पुस्तामा सेवा भाव जाग्रित गर्ने उद्धेश्यले आफुले आफ्नो जन्मदिन वृद्धाश्रममा तथा बच्चाहरुसँग मनाएको बताए । होटल तथा रेष्टुरेन्टमा गएर केक काटेर फजुल खर्च गर्नुभन्दा सेवाभावले एक दिनभएपनि खाना खुवाएर वृद्धवृद्धा बुबाआमाबाट आर्शिवाद लिदाँ उत्तम हुने भएकाले आफुले जन्मदिन वृद्धाश्रममा मनाएको बरालले बताइँन ।

Advertisement 3

प्रकाशित :२०७७ चैत्र २, सोमबार १०:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry