नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निस्क्रिय कर्जा अनुपात बढ्यो,प्रोभिजन घट्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निष्कृय कर्जा अनुपात बढेर ४ दशमलव ८३ प्रतिशत पुगेको छ । जुन अघिल्लो आर्थिक बर्षको समिक्षा अवधिको तुलनामा बढेको हो । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकको निस्क्रिय कर्जा अनुपात ३ दशमलव२६ प्रतिशत रहेको थियो ।

Advertisement 1

बैंकको निस्क्रिय कर्जा बढे पनि प्रोभिजन भने घटेको छ । यस्का अलवा बैंकको नाफा पनि अघिल्लो बर्षको तुलनामा घटेको छ ।

बैंकले सार्वजनिक गरेको ०८०/ ८१ को प्रथम त्रैमासमा अपरिष्कृत वित्तीय विवरणअनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा नाफा घटेको भेटिएको छ । चालु आर्थिक वर्ष को प्रथम त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ५२ करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक भएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा साविकको नेपाल इन्भेष्टमेन्ट बैंकले आर्जन गरेको १ अर्ब १४ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै सोही अवधिमा मेगा बैंकले पनि ५० करोड ९२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस आधारमा बैंकको नाफा घटेको हो ।

Advertisement 2

बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने २५ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ३७ पैसा रहेको छ ।

 

प्रकाशित :२०८० कार्तिक १७, शुक्रबार १२:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry