सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले करिब १७ लाखको सामान बरामद

सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले करिब १७ लाखको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ८ गण धनुषा र भन्सार कार्यालय जनकपुरबाट खटेको टोलीले १७ लाख ३० हजार बराबरको सामान बरामद गरेको हो ।

Advertisement 1

आज दिउँसो १ बजे मिथिला नगरपालिका १० बाट सशस्त्र प्रहरी निरीक्षक मुकुन्द घिमिरेको कमाण्डमा खटिएको नौ जना र भन्सार कार्यालय जनकपुरबाट ना.सु.चेत नारायण श्रेष्ठको पाँच जनाको संयुक्त टोलीले बिषेश सुचनाको आधारमा मोबाइल डिस्प्ले र कपडा बरामद गरेको छ । गोदाममा अबैध रुपमा स्टोर गरी राखिएको २ हजार ९ सय ६० पिस मोबाइलको डिस्प्ले १४ लाख ८० हजार र ३ सय ३३ पिस कुर्ता सुरुवाल २ लाख ५० हजारको बरामद गरिएको छ । उक्त सामान आवश्यक कारवाहीको लागी राजश्व भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।

प्रकाशित :२०८० कार्तिक १३, सोमबार २१:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry