राष्ट्रिय तथ्यांकको विवरणः नेपालमा सबैभन्दा बढी एक तले घर

राष्ट्रिय तथ्यांक कार्यालयको विवरणअनुसार नेपालमा रहेका घरहरुमध्ये सबैभन्दा बढी एक तले रहेको उल्लेख छ । सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालभर कुल ७५ लाख ५२ हजार ६६ वटा घर रहेको र यसमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको उल्लेख छ ।

Advertisement 1

त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७, ०.०१ प्रतिशत ८ देखि ९ र ०.००३ प्रतिशत १० भन्दा बढी तले घरहरु रहेको पाइएको छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १०।२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ ।

प्रकाशित :२०८० कार्तिक १३, सोमबार १७:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry