नुवाकोटको बुधसिंङमा बस र मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु

जिल्लाको बेलकोटगढी नगरपालिका ७ बुधसिंङघाटमा बस र मोटरसाइकल एकआपसमा ठोक्किएर गम्भीर दुर्घटना भएको छ ।
Advertisement 1
बा ४ ख ५७९३ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको बा प्र ०३ ००४ प ९२१५ नम्बरको मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकलमा सवार स्थानीय बेलकोटगढी ७ महादेवफाटकी वर्ष ५० की सावित्री अधिकारीको मृत्यु भएको हो ।
त्यस्तै मृतकका छोरा वर्ष २३ का अर्जुन अधिकारीलाई उपचारार्थ काठमाडौको ग्राण्डी अन्तरास्ट्रिय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
									
										प्रकाशित  :२०८० कार्तिक ९, बिहीबार १७:२२																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

