भन्सार छली गरी ल्याएको,तीन लाख बराबरको समान बरामद

काठमाडौं । भन्सार छली गरी ल्याएको तीन लाख बराबरको समान प्रहरीले बरामद गरेको छ ।

Advertisement 1

धनुषा जिल्ला अन्तर्गत बोडर हुँदै भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याएको बिभिन्न किसिमको बच्चाले खेल्ने खेलौनाहरु, किराना सामानहरू, लेडिज चप्पलहरू र ओसारपसारमा संलग्न मो .सा. ३ वटा गरी ३,४४,१७९ बराबरको समान बरामद गरको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी ईनर्वा र प्रहरी चौकी माचि धनुषाबाट खटिएको टोलीले आइतबार गस्ती गर्दै जाने क्रममा सामानहरू बरामद गरेका हुन् ।आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको ।

प्रकाशित :२०८० आश्विन २२, सोमबार १०:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry