सत्ता गठबन्धन बैठकः चुनावी तालमेलको मोडालिटी बनाइँदै

Advertisement 1
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । जसपा अध्यक्ष उपेन्द्र यादव भने काठमाडौंबाहिर भएकाले बैठकमा सहभागी भएनन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले ६ महानगरपालिका र ११ उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धनले तालमेलको निर्णय गर्न ढिला गर्न नहुनेमा जोड दिएका थिए ।
Advertisement 2
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भने पार्टीमा छलफल गरेर निर्णय लिने भनेका थिए । उनले महानगर, उपमहानगर र नगरपालिकामा केन्द्रमा छलफल गर्ने तीबाहेकका स्थानीय तहमा दलहरूको अवस्था हेरेर तालमेलमा अघि बढ्न सकिने बताएका थिए ।
सोमबार राति कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमासमेत कांग्रेसका शीर्ष नेताहरू स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो । सो छलफलमा आगामी सबै तहका निर्वाचनमा गठबन्धन आबद्ध दलहरूबीच तालमेल गरेर जाने विषयमा छलफल भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
Advertisement 3
कांग्रेसले चुनावी तालमेलमा ठोस निर्णय भने ११ चैतमा बस्ने केन्द्रीय समिति बैठकमार्फत गर्ने आजको राजधानी दैनिकमा खवर छ ।