सशस्त्र प्रहरीमा ६ महिनाभन्दा लामो समय काजमा बसे कारबाही

सशस्त्र प्रहरी बलमा प्रहरी कर्मचारीका लागि काज (सरुवा)सम्बन्धी नयाँ मापदण्ड कार्यान्वयनमा आएको छ। सशस्त्र प्रहरी प्रधान कार्याललयले सोममबारदेखि देशभरका इकाइहरूलाई परिपत्र गर्दै काजसम्बन्धी नयाँ मापदण्डबारे अवगत गराएको छ।

Advertisement 1

सशस्त्र प्रहरीले ६ महिनाभन्दा लामो समय काजमा बस्ने कर्मचारीलाई वृत्तिविकासअन्तर्गत बढुवामा प्रत्यक्ष असर पर्ने गरी वार्षिक कार्यसम्पादन र चुनौतीपूर्ण वा विशेष जिम्मेवाबापतको मूल्यांकन अंक दिइने नीति बनाएको छ । काजमा बस्ने कर्मचारीले कबुलियतनामा फाराममा उल्लेख भएका कल्याणकारी सेवासुविधा, अनपोल तथा एफपियू मिसन, विदेश तालिम तथा अन्य निकायबाट सञ्चालन हुने तालिम, कमान्डलगायत सुविधाबाट वञ्चित हुनुपर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

हाल काजमा कार्यरत कर्मचारीलाई नयाँ मापदण्डअनुसार २२ असोजदेखि लागू हुने गरी ६ महिना अवधि दिइने त्यसपछि तोकिएको दरबन्दीमा अनिवार्य हाजिर हुन सशस्त्र प्रहरी बलले परिपत्र गरेको छ । अस्थायी कार्यालयहरूमा संगठनले आवश्यक ठानी काज खटाएका तथा स्वास्थ्य, संचार तथा इन्जिनियरिङ, लेखा, कानुन एवं प्राविधिक समूहतर्फका कर्मचारीहरूलाई आवश्यकताअनुसार काज खटाइ कामकाज गर्न सकिने व्यवस्था मापदण्डमा गरिएको छ। सो सेवा तथा समूहभित्रका कर्मचारीहरूले भने कबुलियतनामा फाराम भर्नु पर्ने छैन।

Advertisement 2

एकपटक काजको सुविधा लिइसकेका कर्मचारीले कम्तीमा २ वर्षसम्म काजको अर्को सुविधा प्राप्त गर्न नपाउने व्यवस्था गरिएको छ। कबुलियतनामा सर्तको समयावधिको विवरण ६/६ महिनामा अद्यावधिक गरी प्रधान कार्यालय अन्तर्गतको कल्याणकारी सेवा केन्द्र, यूएन मिसन शाखा, तालिम शाखा, कर्मचारी प्रशासन शाखा, सामान्य प्रशासन शाखामा अनिवार्य जानकारी गराउन समेत भनिएको छ।

प्रकाशित :२०८० आश्विन १८, बिहीबार १०:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry