यी युवतीसँग सावधान! सार्वजनिक सवारीमा टार्गेट बनाउँछन् युवक, धक्का दिँदै झिक्छन् पैसा


काठमाडौं उपत्यकामा ठगी, लुटपाट तथा पकेटमारीमा संलग्न महिलोको गिरोह पक्राउ परेको छ । महानगरीय प्रहरी प्रभा कलंकीले गिरोहका दुई युवतीलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा गोंगबुकी २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोको लिसंखु घर भई मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती छन्।

Advertisement 1

उनीहर पेशेवर रुपमै ठगी तथा पकेटमारीमा संलग्न रहेको प्रहरीेले जनाएको छ । पुरुषहरुसँग नजिकिने र उनीहरुले पाकेट मार्ने गरेको प्रहरीले जनाएको छ। केहीलाई उनीहरुले ठगी समेत गरेका थिए । कलंकी, कालिमाटी, बाफल, बल्खु क्षेत्रलाई आधार बनाएर उनीहरुले पाकेट मार्दै आएको प्रहरीले जनाएको छ। पाकेट मार्दै गरेको अवस्थामा ३४ हजार ५५० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहराले जानकारी दिए।

लुटमा महिलाको गुटः गृहिणीको भेषमा ,लेडिज पकेटमार ग्याङु
“यो उनीहरू त्यस दिनको मात्र पकेटमारको पैसा रहेछ। त्यस दिन दुई वटामात्र पकेट मारेका रहेछन्। हुलियाको आधारमा समातेका हौँ” प्रहरी प्रभाव कलङ्कीका प्रहरी निरीक्षक मिठु खड्काले भने।

Advertisement 2

प्रहरीले नियन्त्रणमा लिएका युवतीले करिब ३ वर्ष देखि पकेटमार गर्दै आएको बयान दिएका छन्। उनीहरूले कलङ्की, बल्खु, गोंगबु गुड्ने सार्वजनिक सवारीमा पकेट मार्ने गरेको खुलेको छ। उनीहरूको समूहमा अन्य सात जना पुरुष समेत भएकाले प्रहरीले खोजी गरिरहेको छ।

“भिड भएको गाडीमा चढ्ने अनि केटीहरूले गाडी भित्र उभिएका प्यासेन्जरलाई ठेलम् ठेल गर्ने, अनि पकेटबाट पैसा झिक्ने गर्ने ट्रेन्ड देखियो” प्रहरी निरीक्षक खड्काले भने।

प्रकाशित :२०७७ फाल्गुन २६, बुधबार १३:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry