कर असुल्ने म्याडमविरुद्ध ३० हजार भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक पछि अर्का भ्रष्ट कर्मचारीविरुद्ध मुद्धा दायर गर्ने सिलसिला जारी छ । हिजोमात्र एकै पटक ११ कर्मचारीविरुद्ध मुद्धा दायर गरेको अख्तियारले आजै अर्को एक जना कम्युटर अधिकृत मुद्धा दायर गरेको हो ।
केही महिना अघिमात्र अख्तियारले आन्तरिक राजश्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानलाई ३० हजार रुपैंया घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो । ५१ वर्षे विन्दु श्रेष्ठ प्रधानलाई आन्तरिक राजश्व कार्यालय, महाराजगञ्जबाट पक्राउ गरिएको थियो । पाटन सुन्धाराकी ५१ बर्षिया प्रधान २०५२ सालदेखि विभागको कम्प्युटर अपरेटरमा कार्यरत थिइन । उनले सेवाग्राहीलाई अनावश्यक दुःख दिएर घुस मागेको गुनासोपछि आयोगको टोली त्यहाँ पुगेको थियो । उनले कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका निम्ति आवश्यक प्रक्रिया पूरा गरेर कार्यालयमा गएका सेवाग्राहीसँग घुस लिने गरेको खुलेको छ ।
प्रधानले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

Advertisement 1

उनलाई गत साउन १८ गते सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अख्तियारले प्रधानले कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनको निम्ति सेवाग्राहीसँग घुस लिएको जनाएको छ । आज दायर गरिएको मुद्दामा उनीसँग ३० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित :२०७९ भाद्र २७, सोमबार १७:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry