बागमती प्रदेश महाधिवेशनः डा. अधिकारीले दिए सचिव पदमा उम्मेदवार

काठमाडौंमा जारी नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) मतदान हुँदै छ। एमाले बागमती प्रदेश कमिटीको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षका रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, निवर्तमान अध्यक्ष केशव पाण्डेले पनि आगामी कार्यकालको अध्यक्षका लागि उम्मेदवारी दिएका छन्। यस्तै, उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ। यस्तै सचिवमा धादिङका डा राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

Advertisement 1

को हुन् डा राकुमार अधिकारी ?
डा अधिकारी २०३८ सालमा अमृत क्याम्पसमा अनेरास्वोबियुको सचिव भइ काम गरेको राम्रो अनुभव छ, पञ्चायत कालमा भूमिगत रुपमा तत्कालीन नेकपा मालेको संगठनमा रही काम गरे, नेकपा एमालेको धादिङ जिल्ला नेतृत्वमा बि सं २०४७ साल देखि लगातार रही काम गरे । नेकपा एमाले स्वास्थ्य बिभागको केन्द्रिय सदस्य, शिक्षा बिभागको केन्द्रिय सदस्य भइ हाल नेकपा एमाले बागमती प्रदेश सदस्य, स्वास्थ्य बिभाग प्रमुख समेत हुन् उनी। क्याम्पस चिफ सि एम ए क्याम्पस, धादिङ नेपाल सरकारको चिकित्शकको रुपमा बि सं २०५७ देखि २०६५ सम्म काम गरेका छन्। मनमोहन मेमोरियल शिक्षण अस्पातलको ब्यबस्थापन समितिको सचिबको रुपमा हालसम्म पनि कार्यरत छन् ।

उनले पब्लिक हेल्थमा पिएचडी, एम पि एच र एमएएमफिल समाजशास्त्र मानवशास्त्र गरेका छन् । डा. अधिकारीको पहलमा लिफ्ट सिचाँई, सोह्रघरे खानेपानी योजना, दलित सामुदायिक भवन, जनजागरण तमु समाज भवन, देविथान्–काउने सडक, पानधारे काउले सडक, वलीडाँडा–सिम्ले सडक,ढोडेनी खानेपानी लगाएतका योजना सम्पन्न भएको  छ ।मतदान विद्युतीय मेसिनबाट हुने व्यवस्था गरिएको छ। मतदानका लागि ४० वटा मेसिन तयार पारिएका छन्। मतदान एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा हुने जनाइएको छ।

Advertisement 2

मतदान भने दिउँसो १ बजेदेखि सुरु हुने बताइएको छ। यसअघि बिहीबार बिहान ८ बजेदेखि नै मतदान हुने भनिएकोमा सम्पूर्ण तयारी पूरा गर्न समय लाग्ने भन्दै मतदानको समय सारिएको हो।

 

प्रकाशित :२०८० आश्विन ११, बिहीबार १०:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry