सेना दिवसको तयारी अभ्यासमा प्यारासुट दुर्घटना, ३ जना सैनिक भृकुटीमण्डपमा खसे

नेपाली सेनाको जहाजबाट प्यारासुटसहित झरेका ६ जना सेनाले टुँडिखेल बाहिर ल्यान्ड गरेका छन्।
Advertisement 1
वायुमण्डलमा हावाको गति नमिलेकाले उनीहरू निर्धारित ठाउँभन्दा बाहिर ल्यान्ड भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी पदए । उनका अनुसार मंगलबार बिहान शिवरात्रीका लागि रिहर्सल गरिरहेका १४ जनामध्ये ६ जना प्याराट्रुपर टुँडिखेलभन्दा बाहिर अवतरण भएका हुन्।
प्यारासुटबाट हाम्पालेका ३ जना प्याराजम्पर सैनिक दुर्घटनामा परेका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार सैनिकहरुलाई गम्भीर चोट भने लागेको छैन । हाम्फालेका यी ३ प्याराजम्परहरु टुँडिखेलमा झर्ने तय थियो । तर, हावाको बहावका कारण सन्तुलन नमिलेपछि उनीहरु भृकुटीमण्डपमा झर्न पुगेका हुन् । उनीहरुको उद्धार भइरहेको सहायक रथी पौडेलले बताए ।