एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म
२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी १३ जेठदेखि २४ जेठसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको हो ।
यो परिक्षा राष्ट्रिय परिक्षा बोर्डले नै लिने छ । गत माघमा सम्पन्न मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको थियो ।
Advertisement 1
सामान्यतया चैत महिनामा नै एसईई परिक्षा हुन्छ । कोरोनाले गर्दा कक्षा सञ्चालन हुन नसक्दा पछि एसईई गर्न लागिएको हो । यसअघि परिक्षा भने नगरेर आन्तरीक मुल्यांकनको आधारमा विद्यार्थीलाई पास÷फेल गरिएको थियो । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।
मुलुक संघीयतामा गएपछि एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारले पाएका थिए । यद्यपि कानूनको अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ । एसईईको परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि सरकारले यससम्बन्धी स्पष्ट कानून बनाउन सकेको छैन ।
Advertisement 2
संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ भने शिक्षा नीतिमा पनि कक्षा १० को परीक्षा प्रदेश मातहत राखिएको छ ।