जनप्रतिनिधिलाई राजमार्गको कुकुर भन्दा पररर्र ताली

अञ्जनकुमार ।

Advertisement 1

कार्यक्रम थियो जिल्ला समन्वय समिति लमजुङले आयोजना गरेको आव ०७९/०८० को वार्षिक समिक्षा कार्यक्रम थियो । आठै वटा पालिका, जिल्ला स्थित सबै बिकासे अड्डाहरुको प्रगति विवरण आगामी योजनाबारे राखिएको सो कार्यक्रमका प्रमुख अतिथि थिए नेकपा एमालेका उपमहासचिव तथा लमजुङबाट निर्वाचित संघीय सासद पृथ्वीसुब्बा गुरुङ ।

Advertisement 2

मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे र दोर्दी गाउँपालिकाका अध्यक्ष युवाराज अधिकारी बाहेक सबै पालिकाका प्रमुख उपप्रमुख, प्रदेश माननीय, लगायत झण्डै सयको हाराहारीमा कर्मचारीहरु थिए । पालिकाहरुको प्रगति समस्या र चुनौती बारे प्रस्तुति सुनीसकेपछि आफ्नो मन्तव्य राख्ने क्रममा गुरुङले पालिका प्रमुखहरूको झाको झारे । राजमार्गमा भुक्दै सडकमा गुडिरहेका गाडिको पछाडि दौडने कुकुर भन्दा हाम्रा पालिका प्रमुखहरु फरक नदेखिएको भनेपछि कर्मचारी रोबाट तालीको बर्षा हुन थाल्यो । स्थानीय पालिकाहरु आफै सरकार हो । उसलाई संघीय कानुनसग नबाझिने गरि ऐन बनाउने अधिकार छ । आजको पालिका हिजोको गाबिस जस्तो हैन ।

Advertisement 3

तर आजपनि संचालन बिधि उस्तै छ । हिजोकै जिल्ला परिषद या गाउँ सभाकै पारामा चल्ने कि परिवर्तन हुने तपाईंहरुकै हातमा छ । पालिकाहरुको प्रस्तुति सुनिसकेपछि कुनै उद्देश्य लक्ष्य नभेटेका गुरुङले स्थानीय सरकारका प्रमुखहरुलाई यसरी उक्त संज्ञा दिएका हुन । हुन पनि लमजुङका अधिकाश पालिकाहरु चल्ते चलातेको अवस्थामा छन । क्व्होलासोथर, दोर्दी र दुधपोखरी गाउँपालिकाले बरु केही नयाँ सोच अगाडि सारेको देखियो । नगरपालिकामा सुन्दरबजार र राइनास त पालिका भन्न लायक पनि देखिएनन । सबैभन्दा झुर प्रस्तुति उनीहरू कै थियो । त्यत्ति मात्र हैन आफ्नै पालिकाले प्रस्तुति गर्दैगर्दा अगाडिको रोमा बेसीशहरका मेयर र प्रदेश सभासद भेषबहादुर पौडेलको छेवैमा बसेका राइनास नगरपालिकाका मेयर खड्क बहादुर गुरुङ घुर्न थालिसकेका थिए । जिल्ला समन्वयको हलमा बिहान ८ बजे शुरु भएको कार्यक्रममा यसरी घुर्दै निदाउने मेयरले के गर्लान भनेर हसीमजाको बाटो बनिहाल्यो । लमजुङका मेयरहरुमा गर्ने हुती देखिएन ।

संघ र प्रदेश सरकारको मात्रै मुख ताकेर कति दिन चल्छ ? पालिकाहरुले आम्दानीको श्रोत खोज्नु पर्दैन ? लमजुङ संभावनै संभावना बोकेको जिल्ला । जल,जगल र जडिबुटीको उर्वर जिल्ला भएर पनि सदुपयोग गर्न नसक्नु कसको कमजोरी हो ? स्थानीय सरकारलाई स्वयत्ता अधिकार छ तर आफ्नो अधिकार प्रयोग गर्न नसक्ने अनि सधैं माथि हात फिजाउने हो भने किन चाहियो यो ब्यबस्था ? स्थानीय सरकारको खरो आलोचनामा उत्रिएका गुरुङले महालेखा परिक्षण को कार्यालयको प्रतिवेदनअनुसार स्थानीय स्तरमा भएको भ्रष्टाचारको पनि उजागर गरेका थिए । सघ र प्रदेशले दिएको बजेट समेत बेरुजु, र फ्रीज गराएको तर दैलो अगाडिको गौडो खाल्टो समेत नटालेको प्रति गम्भीर आपत्ति जनाए । गुरुङले आफू मुख्यमन्त्री हुँदाको अवस्था स्मरण गराउदै तीनबर्षमा नागरिकले प्रदेश सरकारप्रति आशा भरोसा गर्न लायक बनाएको तर प्रतिक्रियावादीलाई पाच्य नभएसी आफ्नो सरकार ढलेको जानकारी गराए । गुरुङले पालिकाहरुलाई १ मेघावाटसम्मको हाइड्रोपावर, १५ शैयाको अस्पताल पालिकाले निर्माण गर्न सक्छ । उत्पादन बढाउने, स्वरोजगार सिर्जना गर्ने र आन्तरिक राजस्व वृद्वि गर्नतिर पालिकाहरुले योजना बनाउन पर्दैन ? गुरुङको प्रश्न थियो ।

एक पटक निर्वाचित भएसी पाँच वर्ष तपाईहरुलाई कसैले हल्लाउन सक्छ र ? यस्तो अवसरलाई सदुपयोग नगरेर केवल भित्तामा सजिनको लागि मात्र के अर्थ ? झण्डै सवा घण्टा बोलेका गुरुङले कुनै पार्टी विशेषलाई छेड्खानी नगरेपनि अधिकाश समय स्थानीय सरकार प्रति असन्तुष्ट बोकेर सकेका थिए । जिल्ला समन्वय प्रमुख पुर्ण बहादुर गुरुङ अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभासद भेषबहादुर पौडेल, प्रमुख जिल्ला अधिकारी लगायतले समग्र जिल्लाको बिकास गर्न स्थानीय सरकारको भुमिका प्रमुख हुने हुँदा पालिका प्रमुख भिजेनरी हुन पर्ने सुझाव राखेका थिए कार्यक्रमको सहजीकरण समन्वय अधिकारी तुलसी प्रसाद घिमिरेले गरेका थिए ।

प्रकाशित :२०८० आश्विन ३, बुधबार ०८:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry