मुस्कान खातुनलाई दुबै हातमा लड्डूः राष्ट्रपतिद्धारा सम्मान, अमेरिकी अवार्ड दिँइदै


१५ वर्षको उमेरमा तेजाब आक्रमणमा परेकी मुस्कान खातुनलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गरेकी छिन्।

Advertisement 1

१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको समारोहमा खातुनलाई सम्मान गरिएको हो। राष्ट्रपति भण्डारीले उनलाई प्रशंसापत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेकी हुन्। एसिड आक्रमणमा परेकी खातुनले महिला र बालिकाको पक्षमा गरेको संघर्षका कारण प्रतिष्ठित अमेरिकी सम्मान पाएकी हुन्। साथै उनलाई आज अमेरिकी सरकारले आज अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित गर्दैछ ।

यो पुरस्कार पाउने उनी कान्छीमध्ये एक र नेपालकी पहिलो महिला भएकी नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले जानकारी दिए । गत शुक्रवार बिहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले खातुनलाई सो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिएका थिए । उक्त अवार्ड मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदान गर्न लागिएको हो । उनलाई भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडनले सो अवार्डले सम्मान गर्नेछिन् । उनी सहित यो वर्ष सो सम्मान विश्वभरिबाट छानिएका १४ महिलाले प्राप्त गर्नेछन् ।

प्रकाशित :२०७७ फाल्गुन २४, सोमबार १३:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry