शसस्त्र प्रहरीद्धारा १ लाखको सामान बरामद
शसस्त्र प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको समानहरू बरामद गरेको छ ।
Advertisement 1
सशस्त्र प्रहरी बलले गत राति ९ बजे कंचनपुर लालझाडी गाउँपालिका १ विओपी बाट खटिएको प्रहरी निरीक्षक जगन्नाथ जोशीको कमाण्डमा टोलीले नियन्त्रणमा लिएको हो।
बेवारिसे अवस्थामा रहेको १ लाख १ हजार २ सय पचास बराबरको सामानहरु बरामद गरेको सशस्त्र प्रहरी कंचनपुरले जानकारी दिएको छ। बरामद भएको मोटरसाइकल से.१प.३६३३ एक थान, स्वागत छाप बिडी १०० बन्डल र सुपर पावर सुर्ति १२५ प्याकेट रहेको छ । उक्त सामान भन्सार बुझाउने प्रक्रियामा रहेको शसस्त्र प्रहरी कंचनपुरले जनाएको छ ।
Advertisement 2
प्रकाशित :२०८० भाद्र २८, बिहीबार १३:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%