प्रमोद खरेलले जिते विन्ध्यवासिनीविरुद्धको मुद्दा

जिल्ला अदालत काठमाडौंले विध्नबासिनी म्युजिकका मालिक सुवास रेग्मी र लीला शर्मालाई दोषी ठहर गरेको छ ।

Advertisement 1

गायक प्रमोद खरेलको प्रतिलिपी अधिकार उल्लंघन गरेपछि उनले केही बर्ष अघि दायर गरेको रिटमा आज काठमाडौं जिल्ला अदालतका न्यायधीश उत्तम सिलवालको इजलाशले उनीहरुलाई प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा दोषी ठहर गरेको हो ।

जिल्ला अदालतले उनीहरुमाथि ३ वर्षभन्दा बढी कैद हुने भएपछि सजाय निर्धारणका लागि फेरि सुनुवाइ गर्न आदेश दिएको छ ।

Advertisement 2

गायक खरेलले २०६७ सालमा प्रणय एल्वम विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको थियो । एल्बममा समावेश गीत तथा भिडियो निर्माणका लागि विन्ध्यवासिनी म्युजिकले प्रमोदलाई ४ लाख १० हजार रुपैयाँ नगद दिएको थियो ।एल्बमको सर्वाधिकार पाँच वर्षसम्मका विन्ध्यवासिनीसँग रहने दुईपक्षीय सहमति थियो । विन्ध्यवासिनी म्युजिकले एल्बम बिक्री गरेर उक्त लगानी सुरक्षित गर्ने सम्झौतामा उल्लेख छ ।

प्रकाशित :२०८० भाद्र २२, शुक्रबार १२:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry