नक्कली अख्तियारको दुई कर्मचारी प्रहरीको फन्दामा

अख्तियारको कर्मचारी हौँ भन्दै धम्की दिएर व्यापारीहरूसँग रकम असुल्ने दुई व्यक्ती प्रहरीको फन्दामा परेका छन् ।

Advertisement 1

धनुषाको हंसपुर नगरपालिका ३ का ३७ वर्षीय अनिल सिंह र सोही ठाउँका ३२ वर्षीय राहुल सिंहलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । अख्तियारको कर्मचारी हौं, पसलका कागजातहरू देखाउनुस्, नत्र पसल सिल गर्छौं भन्दै धाक धम्की दिएर रुपैयाँ असुलेको उनीहरुमाथि आरोप छ ।

जनकपुरधाम उपमहानगरपालिका ७ भ्रमपुरा चोकस्थितबाट उनी दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार जनकपुरका ७ वटा पसलबाट नगद रुपैया असुलेका थिए । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराएर थप अनुसन्धान तथा कारवाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित :२०८० भाद्र २०, बुधबार ०९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry