पुनर्स्थापित प्रतिनिधि सभा बैठक आज :- यी ८ अध्यादेश हुँदैछन पेश

प्रतिनिधि सभाका सातौँ अधिवेशन आजदेखि शुरुवात हुँदैछ । सरकारले पुस ५ मा प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधि सभा पुनर्स्थापना भएको थियो।पुर्नस्थापना भएपछि प्रतिनिधि सभाको बैठक आज बस्न लागेको हो । गत १० फागुनमा सर्वाेच्चले प्रधानमन्त्रीको कदमलाई उल्टाइदिएसँगै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन भनेको थियो। सोही बमोजिम आज अपरान्ह ४ बजे प्रतिनिधि सभा बस्दैछ। सरकारको सिफारिसमा राष्ट्रपतिले आइतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेकी थिइन्।
Advertisement 1
आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ। यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्।

साथै आजको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी र गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशलगायत पेश गर्ने सम्भावित कार्यसूची छ।
Advertisement 2
सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगिरहेको बेला बस्न लागेको प्रतिनिधि सभाको बैठक निकै चासोको साथ हेरिएको छ ।