गरेमा के हुँदैन भन्ने उदारण सशस्त्रमा यसपटक

सशस्त्र प्रहरी वल नेपाल मंगलवार मात्र ५६ जना प्रहरी उपरीक्षक (एसपी) मा र ८४ जना नायव उपरीक्षक (डीएसपी) मा बढुवाको लागि नाम सिफारिसको निर्णय गरेर आइजी अर्यालले १७ वर्षदेखिको जाम खुलाएका छन् सशस्त्र प्रहरी बलमा हवल्दारदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मको बढुवाको जाम खुलेको हो। जसअनुसार सशस्त्रमा एकैपटक करिव साढ़े ६ हजार प्रहरीको बढुवा हुँदैछ ।

Advertisement 1

सशस्त्र प्रहरी चलले साउनदेखि बढुवाको निकालेर बढुवाको गत सूचना जाम खुलेको संकेत गरेको थियो । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म बटुवाका लागि सूचना प्रकाशित गरेको छ। केही पदमा समायोजनको प्रक्रियाका कारण लामो समयदेखि बढ़वा अवरुद्ध थियो । सरकारले केही पद समायोजनको स्वीकृत दिएसंगे बहुवाअधि बढेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले लामो समयदेखि जाम रहेको बढुवा प्रक्रियालाई गृह र अर्थमन्त्रालयसंग समन्वय गरी दरवन्दी मिलान गरेर सरल ढंगले खुलाइदिएका हुन् । आइजीको जिम्मेवारी लिएदेखि नै सशस्त्र प्रहरी कर्मचारीका निम्ति सुलभ अवस्था नयाँ संस्कार स्थापित गरेका आईजी अर्यालले सरुवा र बढ़वामा पनि न्यायको नयाँ रीत कोरिरहेका छन् ।

Advertisement 2

एसपीमा सि.सं.३ र डिएसपीमा सि.सं. ७ मा रहेका अधिकृतहरू बढुवा सिफारिस भएका हुन्। २०६० भाद्र २९ गते भर्ना भएका सि.सं. ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन् भने बाँकी रहेका सबै ५६ जना यसपटक बढुवा सिफारिस भएका हुन्। पछिल्लो बढुवा सिफारिसले १७ वर्षदेखि जाम भएको बढुवा सुचारु भएको सशस्त्र प्रहरीका अधिकारीहरु बताउँछन् । योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीको भनाइ छ।

Advertisement 3

सशस्त्र प्रहरी नायब उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले साउन ८ गते मुख्यालयमा आयोजित समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङतर्फका ३ जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षकहरु प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकमा र सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ७३ जना सशस्त्र प्रहरी नायब निरीक्षकहरु सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा भएका हुन्। त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले बढेको दर्जासँगै थपिएको जिम्मेवारीलाई सकरात्मक सोचका साथ मर्यादा र गरिमा कायम राख्दै आगामी दिनहरुमा थप उत्प्रेरित भएर उच्च मनोबल र हौसलाका साथ कार्य गर्न निर्देशन दिए।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित :२०८० भाद्र १०, आईतवार ०९:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry