साफ फाल्चामा लाखौं उठाएर दिनेलाई सम्मान
नेपाली कांग्रेसको भातृ संगठन नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनका अलवा केन्द्रीय कार्यसमितिको बैठक समेत समापन भइसकेको छ ।
तर त्यही भेला र विधान अधिवेशनका नाममा उठाइएको लाखौ रकमले अहिले जय नेपाल क्याम्पमा हल्ला खल्ला चलेको छ ।
Advertisement 1
संगठनका आडमा सरुवा,बढुवाको खेती चलाउँदै आएका कर्मचारीका नेताहरुले एयरपोर्टबाट लाखौं रकम उठाएर संस्थालाई दिने कर्मचारीको जयजकार गरेपछि त्यसले चर्चा पाएको हो ।
युनियनका पदाधिकारीहरु उत्तम कटवालका दाहिने हात मानिएका प्रकाश खातीले अध्यागमनबाट ६ लाख रुपैंया उठाएर नेपाल निजामती कर्मचारी युनियनका टाउकाहरुलाई बुझाएपछि गत साता साफ फाल्चामा मुक्त कण्ठले प्रंशशा गर्न भ्याए उत्तमले केन्द्रीय सदस्य प्रकाश खातीको ।
Advertisement 2
भदौं १ र २ गते राष्ट्रिय भेला तथा विधान अधिवेशनका आयोजना गर्नुपूर्व साफ फाल्चामा केन्द्रीय कार्यसमितिको बैठक डाकिएको थियो । सोही बैठकमा उपाध्यक्ष उत्तम कटवालले टिआइए अध्यागमनबाट ६ लाख रुपैंया उठाएर सहयोग गरेको भन्दै प्रशंशा गरे पछि अध्यक्ष गोपाल पोखरेलले थपे,मलाई मेरा भाइ (कुमार)ले भन्दै थियो एयरपोर्ट अध्यागमनबाट ६ लाख उठाइएको छ भनेर ।
कर्मचारी युनियनका नेता दाहिने भएकै कारण प्रकाशलाई गृह छाडेर बाहिर जानु परेको छैन । २०७८ आश्विन १२ अगाडि उनी अध्यागमन कार्यालयमै कार्यरत थिए कम्युटर अपरेटको रुपमा त्यहाँबाट मन्त्रालयमा तानिए । बालकृष्ण खाँण गृहमन्त्री हुँदा उनको सचिवालयमा बसेर राम्रै लाभ उठाउन सफल खाती खाँण मन्त्रीबाट हट्नु अघि फेरि अध्यागमनमै पुगेका छन् ।
Advertisement 3
यो बिषयमा केन्द्रीय सदस्य प्रकाश खातीसँग इकर्मचारी डटकमले जिज्ञासा राख्दा आफूहरुले सबै सदस्यहरुसँग गरि धेर थोर रकम उठाएर बैठकका लागि सहयोग गरेको तर ६ लाख उठाएर दिएको बिषयमा सत्यता नभएको प्रतिक्रिया दिएका छन् ।
निजामती कर्मचारी युनियनका पदाधिकारीहरुका अनुसार,उपाध्यक्ष उत्तम कटवाल,यज्ञ ओली,भुपेन्द्र अधिकारीहरु विभिन्न कार्यालय एजेण्ट अगाडि सारेर रकम असुली गर्ने गरेको आरोप यस अघि सिरुवारी भेलामै उठेको थियो ।इकर्मचारी डटकमले ट्रेड युनियनका नाम,पैसा उठाउने काम शीर्षकमा ट्रेड युनियनका नेताहरुको पैसा उठाउने धन्दा बारे सो समयमै समाचार प्रकाशन गरेपछि काँग्रेसी कर्मचारी युनियनभित्र हलचल मच्चिएको थियो । समाचार हटाउनका लागि केही विचौलियाहरु अगाडि सारिएको थियो ,उक्त समयमा ।
निजामती कर्मचारी युनियनका केही पदाधिकारीहरुका अनुसार उत्तम कटवालले तल्ला तहका पदाधिकारीहरुलाई अगाडि सारेर यसरी द्रव्य उठाउँदै आएका छन् ।
यस अघि नै उत्तम,यज्ञ,भुपेन्द्रहरुलाई कलेक्सन सेन्टर बनाएर लाखौं रकम उठाइएको भए पनि संस्थाको खातामा नदेखिएको भन्दै नेपाल निजामती कर्मचारी युनियनहरुका एकाथरी पदाधिकारी र केन्द्रीय सदस्यहरुले यो धन्दाको चर्काे विरोध गर्दै आएका छन् । तर नानीदेखि लागेको बानी जान्थ्यो किन ?
सरुवाको खेती गर्ने कर्मचारीमध्ये उत्तम टेकुस्थित राष्ट्रिय खोप उत्पादन केन्द्रका स्टोर शाखामा कार्यरत छन् । त्यहाँको बेरुजु नै डरलाग्दो देखिएको महालेखाको एक कर्मचारीले जनाएका छन् ।
उसो त बहालवालामात्र होइन निवृत्त भएका कर्मचारी युनियनकर्मीहरु समेत उठाउ धन्दामा व्यस्त छन् । गर्नुपर्ने काम नगर्ने, नगर्नु पर्ने काम गरेर पछिल्लो समय कर्मचारी युनियनका अलवा अन्य संगनहरुसमेत बदनामी कमाइरहेका छन् ।