रमाइला सिलवालका थप रोदन

निर्देशकले घर ठड्याउने, निर्माताहरू घरबारविहीन हुनुपर्ने । यस्तै स्थिति छ नेपाली सिने नगरीमा । यही भीडमा अर्काे निर्माता मधुसूदन सिलवाल पनि थपिएका छन् । बैंकिङ कसुर मुद्दा झेलिरहेका सिलवालले अन्ततः ऋण असुली न्यायाधिकरणबाट पनि हारेका हुन् । झण्डै ५० करोड अनियमितताको चार्ज लागेका सिलवाल श्री गणेश नेपाल इन्भेष्टमेन्ट प्रालि नामक कम्पनी नै खोलेर चलचित्रका साथै घर जग्गा (रियल इस्टेट) व्यवसायमा संलग्न थिए ।
सिलवाललाई चिन्ने र जान्नेहरूका अनुसार उनी निर्देशक र कलाकारलाई राम्रो पारिश्रमिक दिने निर्मातामा गनिन्थे । यो क्षेत्रको कुनै ज्ञान नभए पनि फिल्म निर्माण क्षेत्रमा पैसा कमाउनका लागि भन्दा पनि राम्रा–राम्रा केटीसँग मोजमस्ती गर्न उनी यो क्षेत्रमा भित्रिएका थिए । उनले जीवनरेखा, ए पण्डित बाजे, मनमा माया र मेरो के गति हुने होजस्ता चलचित्र निर्माण गरे । ७५ लाखसम्म लगानी गरेर बनाएका फिल्मले ७५ हजारसम्म उठाउने अवस्था रहेन । जतिवटा फिल्म बनाए सबै डुब्यो । चलचित्रको दुनियाँमा छिरेपछि उनको मित्रता चतुर निर्देशक नारायण पुरीसँग भयो । पुरी र उनी मिलेर नयाँ बानेश्वरको एभरेष्ट होटलभन्दा पछिल्लो घरमा कार्यालय राखे । जुन कार्यालयमा कलाकार सुबी शाहले कुनै बेला रेष्टुरेण्टसमेत चलाएका थिए । त्यही घरमा बसेर निर्देशक पुरी र सिलवालले अन्तर्राष्ट्रिय कलचोरी (भीओआइपी)को धन्दा चलाएको उनी निकटका जानकारहरू सुनाउँछन् । यस्तै, रंगिला स्वभावले मधुसूदन अन्ततः समस्यामा परेका छन् । सिने क्षेत्र र रियल इस्टेटमा जोडिएका सिलवालको व्यवसाय क्रमशः ओइलो लागेसँगै प्राइम, प्रभु बैंकलगायत लिएको झण्डै करोडौं तिर्न सकेनन् । ऋण तिर्न नसकेपछि बैंक कमलपोखरीस्थित ऋण असुली न्यायाधीकरणको कार्यालय गुहार्न पुगेको थियो । त्यहाँबाट मुद्दा हारेपछि सिलवाल समस्यामा परेका हुन् ।

प्रकाशित :२०७७ फाल्गुन २२, शनिबार ०८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry