वानेश्वरमै देखिन्छन् अनेकन जात्रा…
जात्रा पनि अनेकन देखिन्छन्,बिशिष्ठ श्रेणीका पाहुनलाई भुँइमा अनि विगतमा छवि धुमिल भएको व्यक्तिलाई ड्यासमा । यस्तो जात्रा देखिएको हो,हिजो वानेश्वरमा ।
जहाँ काँग्रेस निकट कर्मचारी युनियनको कार्यक्रम भइरहेको छ । हिजो युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० को उद्घाटन शर्त थियो । सोही कार्यक्रममा हो यस्तो लठीभद्र देखिएको हो । राजधानीको वानेश्वर बैक्वटमा हिजोको उद्घाटन शर्तमा पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा साथै उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का,कानुन मन्त्री धनराज गुरुङहरु अतिथीका रुपमा अगाडि मञ्चमा राखिएको थियो ।
Advertisement 1
त्यही क्रममा हो जुनियर त्यही माथि बदनाम विगत भएका कर्मचारीलाई माथि ड्यासमै र सिनियर कर्मचारीलाई फ्लोरमा राखिए पछि कतिपय सिनियर कर्मचारीहरु लज्जित हुँदै तल फ्लोरमा बस्नु परेको दृश्य देखा पर्यो ।
काँग्रेस निकट कर्मचारी युनियनका शुभचिन्तक समेत रहेका तथा यस अघि प्रमुख जिल्ला अधिकारीका रुपमा काठमाडौंसहितका विभिन्न जिल्ला हाँकिसकेका,हाल बाग्मती प्रदेशका सचिवका रुपमा कार्यरत गोविन्द रिजालका साथैं गृहका सहसचिव फणीन्द्र पोखरेल, रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारी नवराज जैसी (पूर्व सचिव), नायब महालेखा परीक्षक तहका कर्मचारी लगायत विशिष्ट व्यक्तिलाई तल साधारण सिटमा राखेर संगठनबाट रिटायर्ड भइसकेका संगठनका पूर्व पदाधिकारीलाई ड्यासमा आशन ग्रहण गराइयो । काठमाडौंका सिडियो चलाइसकेका,गृहकै सहसचिवहरुलाई तल फ्लोरमा राखेर जुनियर त्यही माथि ललिता निवास जग्गा काण्डमा सिआइबीको छानबिनको दायरामा रहेका रिटायर्ड कर्मचारीलाई ड्यासमै राखिएको दृश्य अमिल्दो देखिन्थ्यो ।
Advertisement 2
काँग्रेसी कर्मचारीहरुको कार्यक्रमको उद्घाटन शर्त …..भन्दा देख्नेलाई लाज भनेजस्तो भइदियो ।