जग्गाको कित्ताकाट खुल्यो

सरकारले जग्गा कित्ताकाट खुला गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको हो ।

Advertisement 1

आजको क्याविनेटले रोकिएको कित्ताकाट, नामसारीलगायत सबै काम फुकाउने गरि भू–उपयोग नियमावली पारित गरेको मन्त्री प्रकाश ज्वालाले इकर्मचारी डटकमलाई जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले संशोधित भू उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गा कित्ताकाट खुलेको छ । योसँगै जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि कित्ताकाट हुने भएको छ ।

प्रकाशित :२०८० श्रावण ३०, मंगलवार १९:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry